देश/प्रदेश

विचारधारामा अड्कियो एकीकृत समाजवादी र जसपाको एकता

Banner

काठमाडौँ, माघ १२–

नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच एकीकरणको विषयमा दुवै पार्टीले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् । गत शुक्रवार दुई दलबीच भएको वार्तामा एक अर्काले पार्टीको दस्तावेज साटासाट गरेर अध्ययन सुरु गरेको थियो । दुवै पार्टीको राजनीतिक लाइन धेरै ठाउँमा मिलेपनि विचारधारामा गएर अड्किएको एक नेताले बताए ।

जसपाको राजनीतिक दस्तावेज वामपन्थी विचारसँग मिल्दोजुल्दो छ । तर एकीकृत समाजवादीको विचार हार्डलाइनर कम्युनिष्ट विचारधारा जस्तो रहेको छ । दुईटै विचारलाई कसरी अघि बढाउने भन्नेमा नेताहरुबीच छलफल भइरहेको छ । जसअनुसार दुई पक्षको दस्ताबेजलाई समेटेर निकासको बाटो निकाल्न प्रयास भइरहेको ती नेताको भनाइ छ ।

जसपालाई कम्युनिष्ट विचारसँग होइन, नामसँग आपत्ति छ । पार्टीमा नाम र अन्य दस्तावेजमा कम्युनिष्ट शब्द राख्न सो पार्टीले चाहेको छैन । तर एकीकृत समाजवादी पार्टी कम्युनिष्ट शब्द छाड्ने पक्षमा अझैसम्म नआएको बताइएको छ । यद्यपी बीचको बाटो के हुनसक्छ भनेर छलफल भइरहेको हो । यो विषयलाई शीर्ष तहमा पठाएर पनि छलफल गर्ने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>