राजनीति

प्रचण्डलाई दिएको विश्वासको मतको विषय समाप्त भइसक्यो : शेखर कोइराला

Banner

विराटनगर, माघ १२–

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय अब बन्द भइसकेको बताएका छन्। कोइरालाले बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानीमा यस्तो बताएका हुन्।

उनले पत्रकारले नभएको कुरा लेखेर बिगार्न खोजेको आरोप समेत लगाए। उनले विश्वासको मतसम्बन्धी समाचारमा आए जसरी कुरा नउठेको उनले दावी गरे। ‘जसरी अखबारमा समाचार आयो, त्यसरी कुरा उठेको होइन। मैले बोलेकै थिइनँ। त्यो अर्को दिन बोल्ने भनेर बैठक स्थगित भएको हो’, उनले भने, ‘अरू साथीहरूले पनि बोल्नु भएन र गगनजीले पनि बोल्नु भएको थिएन’, उनले पत्रकारतर्फ इंगित गर्दै मिर्च मसला बनाउन खोजेको आरोप लगाए।

‘एउटा कुरा के बुझ्नुहोस् भने तपाईंहरू मिर्च मसला बनाएर बिगार्दै हुनुहुन्छ।’ उनले पत्रकारतर्फ इसारा गर्दै भने, ‘मैले बुझेको त्यही हो। बैठकमा साथीहरूले आफ्ना कुरा र विचार राख्नु भयो। शेखरले गगनले भने भनेर मिडियामा लेखेको छ। त्यो गलत हो।’

उनले राष्ट्रपतिको चुनाव सहमतिबाट जाने सम्भावना कम देखिएको बताउँदै नेपाली काँग्रेसले उम्मेदवार नतोकेको भए पनि बाहिर चर्चामा दुईजना साथीहरूको नाम आएको बताए। उनले भने, ‘अब हेरौं, यसमा अरू दलहरूसँग पनि हामी छलफल गर्दै छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>