मनोरञ्जन

अभिनेत्री उपासना सिंह ठकुरीले गरिन स्नातक उत्तीर्ण

Banner

काठमाडौं, माघ ११-

अभिनेत्री उपासना सिंह ठकुरीले यसैसाता स्नातक तह उत्तीर्ण गरेकी छन् । आफूले कलेज तह पार गरेपछि उपासनाले दर्शकमाझ खुसी बाँडेकी छिन् । होटल हायातमा आयोजित कलेजको दीक्षान्त समारोहमा उपासनाले औपचारिक रुपमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझिन् । आफ्नो अध्ययनबारे जानकारी दिन उनले दीक्षान्त समारोहका तस्वीर सार्वजनिक गरेकी छन् ।

पछिल्ला वर्षहरु उपासनालाई भाग्यमानी बने । एकातर्फ उनी स्नातक उत्तीर्ण भइन् । अर्कोतर्फ, ‘कबड्डी ३’ र ‘दुई नम्बरी’जस्ता उनी अभिनित फिल्म सुपरहिट बने । यी दुई फिल्मले उनलाई एकाएक व्यावसायिक करिअरमा माथि पुर्‍याए । ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म ‘हात्तीछाप’मा उपासना अनुबन्धित भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>