Breaking News

हामीले संघीयता स्वीकारेका छैनौ,राजतन्त्रबारे पार्टीको धारणा फेरिदैनः मन्त्री पाण्डे

Banner

चितवन,माघ ११-

सहरी विकास मन्त्री विक्रम पाण्डेले राष्ट्रिय प्रजातन्त्र पाटी सधै संघीयता र धर्मनिरपेक्षताको विरोधमा रहेको बताएका छन् । आज(बुधबार) भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनामा मन्त्री पाण्डेले आफ्नो पाटीको सिद्धान्त अनुसार नै आफ्ना धारणा राख्ने बताएका हुन् ।

राष्ट्रिय सभामा हिजो (मंगलबार) सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुलाई संघीयताको विरोधमा नबोल्न चेतावनी दिएका थिए । तर, सरकारकै मन्त्री पाण्डेले संघियताको विरोधमा अभिव्यक्ति दिएका हुन् । ‘हामीले संघीयता स्वीकार गरेका छैनौँ । राजतन्त्रको विषयमा कुरा उठाएका छौँ । धर्मनिरपेक्षताका कुरालाई विरोध गरेका छौँ । त्यो यथावत छ,’ उनले भने ‘जुन किसिमले सोचेका छौँ त्यही हिसाबले अगाडि बढ्छौँ । पाटीको धारणा रोकिँदैन ।’ राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुलाई संघीयताको विरोधमा नबोल्न चेतावनी दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष समेत रहेका पाण्डेले अहिलेको संरचनामा रहेर आफ्नो धारणा राख्ने बताए । उनले आफु स्वार्थ बाँझिने मन्त्रालयमा नरहेको जिकिर समेत गरे । ‘मैले यसअघि नै हरेक कम्पनीबाट राजिनामा दिएको अवस्था हो । राजनीतिक रुपमा समाजसेवामा होमिएको व्यक्ति हुँ ।’ उनले भने, ‘स्वार्थ बाझिने कुरा भनेको मेरो मन्त्रालयमा मेरो परिवारले गरेको कुनै पनि व्यवसायमा म मन्त्री भएपछि गरिने कामहरु भए स्वार्थ बाझिने हुन्छ । हरेक पटक स्वार्थ बाझिने मन्त्रालय पायो भनेर बोल्दै हुनुहुन्छ । मलाई आश्चर्य लागेको छ ।’ उनले पाटी र पाटी अध्यक्षले काम गर्न सक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको बताए । सहरी विकास मन्त्रालयमा रहेर ७७ जिल्लामै देखिने गरि काम गर्ने उनले प्रतिबद्धता जनाए ।

यस्तै मन्त्री पाण्डेले बाँकेमा भएको सिक्टा सिँचाई आयोजनामा गुणस्तरयुक्त काम भएको बताएका छन् । राजनीतिक स्वार्थका कारण मुद्दा लगाईएको भन्दै अहिले अदालतले समेत सफाई दिएको बताए । ‘म अहिले पनि भन्छु सिक्टा सिँचाई आयोजना नेपालकै सबैभन्दा राम्रो गुणस्तरयुक्त काम भएको आयोजना हो । कसैले भन्दिएको भरमा समाचार नलेख्नुहोस् । ७ मिटरमा माटो भत्किएको थियो । साढे दुई लाख रुपैयाँमा सम्पन्न भएर बाँकेका किसानहरुले चारबालीसम्म खेती गरिहनुभएको छ,’ उनले भने, ‘सिक्टा सिँचाई योजनाको मुद्दा एउटा राजनीतिक उद्देश्यका साथ लगाईएको थियो । अदालतले सफाई दिएको छ ।’ कुनैपनि काम सरकारलाई हस्तान्तरण गरेको एक बर्षपछि मात्र निर्माण कम्पनीको जिम्मा हुने भन्दै पाण्डेले सिक्टा सिँचाई आयोजना हस्तान्तरण गरेको चार बर्ष पछाडि मुद्दा लगाईएको बताए । नहरमा माटो भत्किनु सामान्य विषय रहेको उनको दावि छ । निर्वाचनको समयमा आफुले गरेका गरेका बाचाहरु पुरा गरेर छाड्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>