चितवन विशेष

१६ महिना सात दिन काम गरेर बिदा भए चितवनका प्रमुख जिल्ला अधिकारी तामाङ

Banner

चितवन, माघ ११-

भरतपुर महानगरपालिकाले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बिदाइ गरेको छ ।

महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले प्रमुख जिल्ला अधिकारी तामाङलाई बुधबार बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा कार्यबाहक नगर प्रमुख अधिकारीले चितवन जिल्लामा रहदा प्रमुख जिल्ला अधिकारी तामाङले पु¥याएको योगदानको प्रशंसा गरे । तामाङको कार्यकाल अवधिमा चितवनमा अपराधिक क्रियाकलापका घटनाहरु नभएको भन्दै कार्यबाहक नगर प्रमुख अधिकारीले खुसी समेत व्यक्त गरे । उनले तीनै तहका निर्वाचन शान्तपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गराएकोप्रति धन्यबाद प्रकट गरे । साथै आगामी दिनमा तामाङको उज्ज्वल भविष्यको कामना पनि गरे ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले चितवनसहित भरतपुर महानगरपालिकाको सेवा गर्ने मौका पाएकोमा गर्व पनि गरे । चितवन मेरो लागि छोटो बसाइ भए पनि यस जिल्लाका विविध क्रियाकलाप तथा अपराधिक घटनाहरुमा थोरै भए पनि सेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समय र मौका मिलेको खण्डमा फेरि पनि चितवन र भरतपुर महानगरपालिकाका जनताको सेवा गर्न आफू तयार रहने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपसचिव गणेश नेपाली, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, महाशाखा तथा शाखा प्रमुखलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे । तामाङ चितवनबाट सरुवा भइ गृह मन्त्रालयमा गएका हुन् । उनले चितवनमा १६ महिना ७ दिन काम गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>