राजनीति
प्रदेश कमिटी ल्याउने तथा भ्रातृ संस्थाको कार्यसमितिको आकार बढाउन देउवाको सहमति
०

काठमाडौं, माघ ११-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको केन्द्रीय समितिको आकार बढाएर गठन हुने वचन दिएका छन् । सभापति देउवासँग भ्रातृ संस्थाका बारेमा छलफल गर्न बुधबार बिहान रञ्जित कर्ण, सुवास पोखरेल, मनोजमणि आचार्य धुम्बाराही गएका थिए ।
भ्रातृ संस्थाको पूर्णताका विषयमा सभापति देउवासँग छलफल गर्न नेता शेखर कोइराला पक्षका तीन पूर्व विद्यार्थी नेताहरु देउवाले भेट्न गएका हुन् ।
‘नेविसंघ, तरुण दल, किसान संघ र महिला संघको संख्या बढाउने कुरामा सभापतिले सहमति जनाउनुभयो,’ भेटमा सहभागी नेविसंघका पूर्व अध्यक्ष कर्णले भने, ‘प्रदेश कमिटी ल्याउने कुरामा पनि सहमति जनाउनुभयो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>