राजनीति
आचार्यप्रति श्रद्धाञ्जली दिँदै डा. राउतले लेखेः गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ।

काठमाडौं,माघ ११-
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आत्मदाह गरेर मृत्यु भएका प्रेम आचार्यलाई श्रद्धाञ्जली दिँदै मोहम्मद बौउजीसँग तुलना गरेका छन्। सामाजिक सञ्जालमा एक पोष्ट गर्दे उनले हिजो मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्युलाई बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि क्रान्ति ल्याउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
डा. राउतले गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो? भन्दै प्रश्नसमेत गरेका छन्।
‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो,’ उनले भनेका छन्।
आचार्यले मंगलबार आफैंलाई आगो लगाएका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको हो।
हेर्नुहोस् उनको स्टाटसः