Breaking News
एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्री टुंगो लगायो
०

हेटौंडा,माघ ११-
नेकपा एमालेले वागमती प्रदेशका लागि थप तीनजना मन्त्रीको नाम टुंग्याएको छ । एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।
एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका अनुसार थप तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको हो ।
मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । १४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णयसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>