चितवन विशेष

माडीमा ध्रुवे हात्तीले दुई घर भत्कायो

Banner

चितवन, माघ ११–

माडीमा ध्रुवे हात्तीको आतंक जारी छ । गएराती माडी नगरपालिका–१ पाण्डवनगरमा ध्रुवेले दुईवटा घर भत्काएको छ । मंगलबार राती करीब ११ बजे पाण्डवनगरको गाउँमा प्रवेश गरी ध्रुवेले स्थानीय नेत्र बहादुर परियारको भान्सा घर पूर्णरूपमा र भुवन विश्वकर्माको घरको छानो भत्काएको हो ।

हात्ती आएको थाहा पाएलगत्तै घरभित्र रहेका स्थानीय भागेर बाँचेको पाण्डवनगर टोल विकास समितिका अध्यक्ष कृष्ण बहादुर पोखरेलले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको छेउमै रहेको सो गाउँमा जंगली जनावरले जनधनको क्षति गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>