नवलपुर
नवलपुरका सांसद रोशन गाहा मगर गण्डकी प्रदेशको मन्त्री बन्ने
०

नवलपुर,माघ १०-
गण्डकीमा एमालेबाट थप २ मन्त्री बन्दै छन् । मुख्यमन्त्री खगराज अधिकारीले काठमाडौंबाट फर्केपछि मन्त्रीको नाम टुङ्ग्याएका हुन् । अब नवलपुरका रोशन गाहा मगर र कास्कीका वेदबहादुर गुरुङ श्यामलाई मन्त्री बनाउन लागिएको हो । गण्डकीमा ७ मन्त्रालय कायम गरिएको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
यहाँ एमालेका ४, माओवादीलाई २ र राप्रपालाई १ मन्त्रालय परेको छ । यसअघि मुख्यमन्त्री सहित ४ मन्त्री नियुक्त भैसकेका छन् । अब एमालेका २ र माओवादीका १ मन्त्री बन्ने छन् । माओवादीले म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>