खेलकुद

सुनिलको निर्णायक गोलमा चौधरी मोटर्स विजयी

Banner

चितवन, माघ १०–

चौधरी मोटर्स खैरहनीले चितवनको कालिका नगरपालिकामा जारी निमा स्‍मृति खुला नकआउट फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

आज (मंगलबार) सम्पन्न प्रतिस्पर्धात्मक खेलमा यूनिक एफसीलाई पराजित गर्दै खैरहनी क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा स्थान बनाउन खैरहनीले यूनिकलाई १–० ले निराश बनायो ।

खैरहनीलाई जिताउन सुनिल तामाङले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६९ औं मिनेटमा सुनिलले गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो । खैरहनीका अन्जन चौधरी म्यान अफ दि म्याच घोषित भए ।

बुधबार पहिलो चरणको अन्तिम खेल हुनेछ । आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरका अनुसार बुधबार चिसापानी एफसी र कठार एफसी भिड्नेछन् ।

जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>