Breaking News
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
०

काठमाडौँ, माघ १०–
नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ।
एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ। गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो। त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो।
अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>