चितवन विशेष

नारायणगढ रोटरीद्वारा लमजुङको दूधपोखरी गाउँपालिकामा ह्विलचेयर वितरण

Banner

चितवन, माघ ७ –

रोटरी क्लब अफ नारायणगढले लमजुङको दूधपोखरी गाउँपालिकाका शारीरिक अशक्त व्यक्तिहरुका लागि ६ थान ह्विलचेयर वितरण गरेको छ ।

दुधपोखरी–१ लमजुङमा शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूका लागि क्लबका रोटरी वर्ष २०२३÷२४ का लागि निर्वाचित अध्यक्ष भोलानाथ लामिछानेले उक्त ह्विलचेयरहरू गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

नारायणगढदेखि लमजुङको दुधपोखरीसम्म आएर अशक्त व्यक्तिहरूको लागि रोटरी क्लबले प्रदान गरेको सहयोगको लागि दूधपोखरी गाउँपालिका, वडा नं. १ का अध्यक्ष दुर्गामान गुरुङले धन्यवाद दिएका थिए । गाउँपालिका स्वास्थ्य इन्चार्ज बुद्धि गुरुङलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम क्लबका सचिव राजाराम सिटौलाले सञ्चालन गरेका थिए । शारीरिक रूपमा अशक्त भएका टिकाराम दवाडी, काशीमाया गुरुङ, लुकबहादुर गुरुङ, टेकबहादुर गुरुङ, हवीलाल गुरुङ र भिमबहादुर गुरुङ रोटरीले प्रदान गरेको ह्विलचेयर पाएर प्रशन्नता व्यक्त गर्दै यसले सहज जीवन यापनमा मद्दत पु¥याउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>