क्रिकेट

सन्दीपले राष्ट्रिय टिमका चार क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गर्दै ट्विटरमा के लेखे ?

Banner

काठमाडौं, माघ ६-

क्रिकेटर सन्दीप लामिछानेले केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । ट्विटर ह्यान्डलको बायोमा निराशाजन्य भाव व्यक्त गरेका लामिछानेले राष्ट्रिय टिमका केही खेलाडीहरुलाई इन्स्टाग्राम अनफलो पनि गरेका हुन् ।

सन्दीपले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका छन् । बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए । पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन् । ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन् ।

आफ्नो ट्विटर ह्यान्डलको बायो भर्खरै परिवर्तन गरी सन्दीपले लेखेका छन्, ‘एन्ड द स्टोरी इन्ड्स हियर ।‘र, कथा यहाँ अन्त्य हुन्छ ।’ यसअघि उनको बायोमा राष्ट्रिय क्रिकेट खेलाडी लेखिएको थियो ।

त्यस्तै सन्दीपले हिजो मात्रै आफ्नो राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दसँग कुराकानी गरेका थिए । उनी क्रिकेट मैदानमा समेत पुगेका थिए । अध्यक्ष चन्दले स्पष्ट जवाफ नदिएपछि सन्दीप केही निराश बनेको स्रोतको भनाइ छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>