Breaking News

सुध्रिँदै अर्थतन्त्र,विदेशी मुद्रा सञ्चिति बढ्यो

Banner

काठमाडौं,पुस ३०-

सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति वढेको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय प्रगति गर्न नसके पनि चापमा परेको अर्थतन्त्र केही सहज भएको छ । तथापि आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो ।

आयातमा कमी, पर्यटक आगमनमा वृद्धि र रेमिट्यान्समा वढोत्तरी भएपछि विदेशी मुद्रा आर्जन भइ शोधानान्तर बचतमा आएको छ भने सरकारको चालु खातामा सुधार भएको छ । यद्यपि यो अवधिमा भारतमा भन्दा मुल्य वृद्धि भएको छ । भारतमा ५ प्रतिशतको हाराहारीमा मुल्यवृद्धि हुँदा नेपालमा भने ७.३८ प्रतिशतको मुल्य वृद्धि रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार आयात २०.७ प्रतिशतले घट्दा व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।

रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । विदेशी मुद्रा भित्रिंदा कुल विदेशी विनिमय सञ्चिति रु.१२ खर्ब ९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहँदा १० महिनालाई आयात धान्न ढुक्क भएको बुझाइ नेपाल राष्ट्र बैंकको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>