भिडियो
राजेश पायलको स्वरमा रहेको गीत ‘ख्याल ठट्टा’ सार्वजनिक
०

चितवन, पुस २८–
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ’स्माइल’को संगीत रहेको छ । यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।
म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।
अनुराग रईगाई र सुधा मरहट्टाको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सनराइज म्युजिक’ नामक युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>