खेलकुद

विश्वकप फुटबल :  आज मोरक्को–पोर्चुगल र फ्रान्स–इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने

Banner

काठमाडौं, मंसिर २४–

विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो।

अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो। इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>