चितवन विशेष

चितवन आइपुग्यो नेपथ्य टिम, भोलि लाइभ कन्सर्ट हुने

Banner

चितवन, मंसिर २४–

चितवनको नारायणगढस्थित क्याम्पा चौरमा भोलि (आइतबार) हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि मुख्य गायक अमृत गुरुङसहितको नेपथ्य समूह चितवन आइपुगेको छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङसहितको समूहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गरेका हुन् ।

नेपथ्य टिमलाई स्वागत गर्न आश्रमका अभिभावक तथा समाजसेवी बालगोपाल चुके, गुणराज दाहाल, पुष्प धिताललगायतको सहभागिता थियो । हेटौँडाको कार्यक्रम सकेर नेपथ्यको टोली शुक्रबार चितवन आइपुगेको थियो । नेपथ्यले कन्सर्टका लागि चाहिने उच्चस्तरका प्रविधि सबै काठमाडौँबाट ल्याएको छ । पाँच वटा ट्रकले ति सामान ओसारपसार गरिरहेको छ । शुक्रबार बाटै नेपथ्यले क्याम्पाचौरमा स्टेज निर्माणको काम समेत थालिसकेको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । “आन्तरिक तयारी करिबकरिब पुरा भएको र फिल्ड र स्टेजको काम जारी रहेको छ”, कार्यक्रम संयोजक कँडेलले बताए । उनले टिकटसमेत सकिन लागेको जानकारी दिए । संयोजक कँडेलले आज दिउँसो २ बजे नारायणगढस्थित आश्रम कार्यालयमा अमृतगुरुङसँग चियापान तथा भेटघाट कार्यक्रम रहेकाले सहभागिताका लागि चितवनबासीमा अनुरोध पनि गरेका छन् ।

मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ यही २५ गते हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक रपप गीतहरु प्रस्तुत गर्नेछन् ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।

मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>