राजनीति
नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार हुन्छः गृहमन्त्री खाण
०

बुटवल,मंसिर २३-
गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार हुनुपर्ने बताएका छन् । गृहमन्त्री खाँणले कोरोना महामारीपछि थला परेको अर्थतन्त्र अझै शिथिल रहेकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र चलायमान बनाउनु हुनुपर्ने बताए । उनले नयाँ सरकार बनेसंगै अर्थतन्त्रमा सुधार आउने बताए ।
भैरहवाको अञ्चलपुरमा आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले नयां बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने हुनुपर्ने बताए । सरकारले रात्रीकालीन ब्यवसाय सञ्चालन गर्ने निर्णय गरि सकेको हुदा जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिई ब्यवसाय सञ्चालन गर्न सकिने उनले बताए । रात्रिकालीन ब्यवसायलाई प्रहरीले हस्तक्षेप गर्नुको सट्टा सहयोग गर्ने उनले आश्वासन दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>