देश/प्रदेश
छोरी भेट्न गएकी महिलाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु
०

कास्की, मंसिर २३-
पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् । उनको घटना स्थलमै मृत्यु भएको प्रकरीले जानकारी दिए ।
‘हाम फालेको जस्तो देखिँदैन तर भवन मर्मतको काम भने चलिरहेकै रहेछ । छोरीलाई ३ दिनदेखि मुटुसम्बन्धी समस्यामा भर्ना गरिएको रहेछ । घटनाको अनुसन्धान थालेका छौं,’ घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर किरण राउतले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>