Breaking News

भरतपुरमा सात हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आयो

Banner

चितवन, मंसिर २१-

भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ ।

मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग सात हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा सात हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी थिइन् । पदभार ग्रहण गर्दा गरेको दुई वटा निर्णय मध्ये छोरी बिमा कार्यक्रम यसअघि नै कार्यान्वनमा आइसकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सात हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यको थालनी गर्नु सकारात्मक विषय रहेको उल्लेख गरिन् । यो निर्णयले अधिकांश विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध हुने विश्वास महानगरले लिएको उनको भनाइ छ । निःशुल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शुल्क तिर्नुपर्ने गरी सम्झौता भएको छ । मेयर दाहालले बाहिरा चर्चामा आए जस्तो भरतपुरमा खानेपानीको अभाव नरहेको स्पष्ट पारिन् ।

मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजना हुँदै आएको उल्लेख गरिन् । मेयर दाहालले अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धार जडान भइसक्ने जानकारी दिइन् । महानगरपालिकाले प्रर्याप्त पानी उपभोक्तलाई पुराउने नीति अनुसार डिप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गर्ने कामलाई अगाडि बढाइरहेको छ । हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत् ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>