समाचार
महासचिवले निश्क्रिय पत्र दिनु कानुन विपरीत भएको भन्दै चोलेन्द्रलाई सर्वोच्च फक्रन नदिने बारको तयारी
०

काठमाडौँ, मंसिर २१-
नेपाल बार एशोसिएसन संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च फर्किन नदिने बताएका छन् ।
महासचिव भरतराज गौतमले चोलेन्द्रशमशेरलाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
त्यस्तै महाअभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्रशमशेर बुधबारनै सर्वोच्च जाने तयारीमा छन् । तर यो खबर पाएसँगै नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएको छ । महासचिव अञ्जिता खनालले भनिन्, ‘हामीले तत्काल बैठक बसेर आगामी निर्णय गर्छौं ।’
बारका उपाध्यक्ष हर्क रावलले महाअभियोग प्रस्ताव संसदमा कायम रहेको र संसदमा महासचिवले पत्र दिनु कानुन विपरीत हुने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>