राजनीति
एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
०

काठमाडौँ, मंसिर २१-
नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उहाँले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताउनुभयो ।
एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>