Breaking News
गोकुलको कटाक्ष- अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिएन भन्नु प्रचण्ड-माधवको गनगने प्रवृत्ति हो
०

काठमाडौं, मंसिर २१-
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’
प्रचण्ड-माधवलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>