चितवन विशेष

अस्पष्ट शब्द उचारण गर्ने बालबालिकाका लागि नारायणगढमा ‘स्पिच थेरापी क्याम्प’

Banner

चितवन, मंसिर २०–

अस्पष्ट शब्द उचारण गर्ने बालबालिकालाई स्पष्ट रुपमा बोल्न सक्ने बनाउनका लागि नारायणगढमा ‘स्पिच थेरापी क्याम्प’ सम्पन्न भएको छ ।

फेक्ट नेपालको आयोजना, रिसर्ज इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आतिथ्यतामा सन्चालन भएको ‘स्पिच थेरापी क्याम्प’ (बोलीको शिबिर)मा चितवन लगायत १५ जिल्लाबाट आएका ४८ जना बालबालिकाहरु सो तालिमबाट लाभावान्वित भएका थिए ।

जन्मजात अपाङ्गता (खोंडें) भई शल्यक्रिया पश्चात समेत बोल्न समस्या (अस्पष्ट शब्द उचारण गर्ने) भएका बालबालिकाहरुलाई स्पष्ट रुपमा बोल्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रममा प्रमुख संयोजक हेमन्तध्वज जोशीले जानकारी दिनुभयो। खोंडें जन्मिएका बच्चाहरुको तालुमा हुने प्वाल शल्यक्रिया पश्चात पनि पूर्ण रुपमा नपुरिने हुँदा उनिहरुले उच्चारण गर्ने शब्दहरु अस्पष्ट हुने भएकाले कुन शब्दहरुलाई कसरी उच्चारण गर्दा स्पष्ट हुन्छ भन्ने सिकाइ त्यसलाई अभ्यस्त बनाउनका लागि पनि सो कार्यक्रममा बच्चाहरुका आमा (अभिभावक) सहित आवासिय सुबिधा दिएर सो कार्यक्रम गरिएको स्पिच प्याथोलोजीष्ट डा.भवानी प्रधानले जानकारी दिनुभयो।

मुख्य प्रशिक्षक रही कार्यक्रम अवधीभर तालिम प्रदान गर्नुभएका स्पिच थेरापी एसिस्टेन्ट कविता भट्टराइ गुरुङले थेरापीमा सहभागी बालबालिकाहरुलाई प्रत्यक्ष बोल्न लगाएर तालिम पश्चात उनिहरुमा आएको परिवर्तन प्रस्तुत गर्नुभएको थियो । उनिहरुका अभिभावकले आफ्ना बच्चा जन्मिएदेखी आजसम्म परिवार र समाजले गर्ने फरक व्यबहारका बारेमा प्रकाश पार्दै यो समस्यालाई समाधान गर्न सकिने भन्ने अनुभव सुनाउदै फेक्ट नेपाललाई धन्यवाद व्यक्त गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पिआरओ ईन चिफ लायन बालगोपाल चुकेले गर्नु भएको थियो भने प्रमुख अतिथी भरतपुर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, विशेष अतिथी जनस्वाथ्य अधिकृत सूर्य तिवारी, गैर सरकारी समन्वय समिती भरतपुर महानगरपालिका शाखा प्रमुख सुकदेव ढकाल रहनु भएको थियो । आतिथ्य क्लबका अध्यक्ष लायन रामचन्द्र सापकोटा पदाधिकारीहरु लायन राजु पिया, लायन अन्जु पिया, लायन जीवन कुमार गुप्ता, लायन शेरबहादुर पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>