राजनीति
मलाई मुख्यमन्त्री दिएर काम छैन, अनुभव छैनः दीपक मनाङे
०

काठमाडौं, मंसिर २०-
मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सासंद राजीव गुरूङ (दीपक मनाङे)ले आफूलाई मुख्यमन्त्री बनाएर काम नभएको बताएका छन्। सोमबारमात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पत्रकार सम्मेलनमार्फत् आफूलाई मुख्यमन्त्री बनाएर पनि काम नभएको बताएका छन्।
उनलाई एक पत्रकारले मुख्यमन्त्री बन्नलाई पार्टी प्रवेश गर्नुभएको हो ? भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले भने, ‘अब हेर्नुस्, मुख्यमन्त्री दियो भने पनि मलाई काम छैन। त्यसको लागि अनुभव चाहिन्छ। त्यसको अनुभव मसँग छैन पनि।’ अबको मन्त्रिपरिषदमा उनको दाबी रहन्छ कि रहन्न भन्ने प्रश्न पनि सोधिएको थियो। त्यसमा अब भने आफू मन्त्री बन्नेरनबन्ने अध्यक्षको हातमा रहेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>