इच्छकामना

इच्छाकामना वडा नम्बर ७ मा नयाँ भवनबाट सेवा सुरु

Banner

चितवन, मंसिर २०

इच्छाकामना गाउँपालिका वडा नम्बर ७ वडा कार्यालयको नयाँ भवनबाट सेवा सञ्चालनमा आएको छ ।

नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सोमबार उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललगायतको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष बमबहादुर मगरले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको ३० लाख रुपैयाँ र पालिकाको ३१ लाख रूपैयाँ गरी ६१ लाख रूपैयाँमा उक्त संरचना निर्माण भएको हो । आर्थिक वर्ष २०७६÷२०७७ बाट निर्माण कार्य सुरु भएको भवनको निर्माण कार्य समयमै सम्पन्न भए पनि कार्यालय भवनको उद्घाटन ढिलो भएको अध्यक्ष मगरले बताए ।

कार्यालयको उद्घाटन गरेपछि पालिका अध्यक्ष दानबहादुर गुरूङले वडाको सेवालाई अझ सहज र जनमैत्री बनाउन आग्रह गरे । इच्छाकामना गाउँपालिकाको भूगोल नै फरक रहेकोले जनताको समस्या र भूगोललाई हेरेर काम गर्नुपर्ने उनले बताए । ‘हामीले कार्यालय समयभित्र मात्रै काम गर्ने भनियो भने जनता सेवाबाट बञ्चित हुन सक्छ,’ उनले भने, ‘त्यसैले आवश्यक पर्दा साँझ–बिहान जतिखेर पनि सेवा दिन सक्नुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>