मनोरञ्जन
सिरियलबाट केही समय बाहिरिएका कलाकार रामचन्द्र अधिकारी ‘मेरी बास्सै’मा फर्किए
०

काठमाडौं, मंसिर २०-
कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । अस्वस्थ भएपछि सिरियलबाट केही समय बाहिरिएका उनी पछिल्लो एपिसोडमा देखिने भएका छन् ।
यसैसाता काठमाडौंमा गोतामथोकमा भएको छायांकन सेटमा अधिकारी सहभागी भए । सिरियलका अन्य कलाकारले फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरे । आफू ‘मेरी बास्सै’मा फर्किएको जानकारी दिन सार्वजनिक गरिएको भिडियोमा अधिकारीले पहिलेजस्तै सक्रिय भएर काम गर्ने बताएका छन् । आफ्नो स्वास्थ्यको कामना गर्ने दर्शकप्रति उनले आभार व्यक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>