चितवन विशेष
देवघाट क्षेत्र विकास समितिको सदस्य सचिवको जिम्मेवारी सहायक प्रजिअ शर्मालाई
०

चितवन, मंसिर २०–
देवघाट क्षेत्र विकास समितिको कार्यकारी निर्देशक/सदस्य सचिवको जिम्मेवारी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवि शर्मालाई प्रदान गरिएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयले सोमबार सहायक प्रजिअ शर्मालाई जिम्मेवारी तोकेको हो । देवघाटको कार्यकारी निर्देशक/सदस्य सचिवको जिम्मेवारीमा रहेका धिरणबाबु घिमिरेको गत कात्तिक २७ गतेदेखि पदावधि समाप्त भएपछि सोही दिनदेखि सदस्य सचिवको पद रिक्त रहेको थियो ।
समितिको दैनिक प्रशासनिक तथा आर्थिक कार्य संचालनका लागि अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई मन्त्रीस्तरीय निर्णयबाट सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत प्रविनहाङ योङहाङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>