मनोरञ्जन

‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आइतबारदेखि हुने

Banner

काठमाडौं, मंसिर २०-

प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आगामी आइतबारदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौं र उपत्यका बाहिरका केही जिल्लामा बाँकी छायांकन हुने जनाए ।

चिसोयाममा छायांकन गर्नुपर्ने भएकाले निर्माताले दोस्रो चरणको छायांकनको योजना बनाएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि पहिलो चरणको छायांकन सकिएको थियो । निर्माता तथा अभिनेता गिरीले छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा आधारित ‘पोल्टिकल ड्रामा’ भएको बताए ।

उनले भने, ‘सतहमा हास्यव्यंग्यको कथावस्तु भए पनि केन्द्रमा राजनीतिक कथावस्तु नै छ । समसामयिक राजनीतिक कथावस्तुमा फिल्म आधारित हुनेछ ।’

फिल्मको पटकथा पनि दीपकले लेखेका हुन् । छक्कापञ्जाको चौथो श्रृंखलालाई ‘जेरी’ फेम्ड हेमराज बिसीले निर्देशन गरिरहेका छन् । निर्मातासँगको असमझदारीले निर्देशक बिसीविनै फिल्म छायांकन हुन लागेको भन्ने हल्लाको गिरीले खण्डन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>