अन्तर्राष्ट्रिय

अभिनेत्री दीपिका पादुकोणले फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने

Banner

काठमाडौं, मंसिर २०-

भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागि भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>