Breaking News

कांग्रेसको नेतृत्वमा सरकार बनाउन ‘एमालेको साथ’

Banner

काठमाडौँ, मंसिर २०–
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन नेकपा एमालेले साथ दिने एमालेका नेताहरुले बताएका छन् । एमाले नेतृत्वले कांग्रेसलाई ५ वर्षकै लागि एकल सरकार बनाउन लिखित सहमति नै दिने प्रतिबद्धता जनाएको छ।

आगामी सरकारमा पनि गठबन्धनलाई निरन्तरता दिने गठबन्धनका दलले निर्णय गर्दा कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समेटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने उनीहरूको धारणा छ।

एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन्। एमालेका एक उच्च नेता भन्छन्, ‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस्। हाम्रो पूर्ण समर्थन रहन्छ। हामी सरकारमा जानुभन्दा पार्टी सुदृढीकरणमा जुट्ने छौं। तर, राजनीतिक स्थिरताका लागि कांग्रेसकै सरकार उचित हुन्छ।’

सत्तारुढ गठबन्धनको बहुमत नभएको र माओवादीले बार्गेनिङ गरिरहेको कारण कांग्रेस पनि एमालेको समर्थनमा सरकार बनाउन लचक छ । देउवा र ओली निकटका नेता यो गृहकार्यमा व्यापक रूपमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमानसिंह भेटघाट पनि भइसकेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>