Breaking News

बिहेको भोज खाएका ८५ जना बिरामी, ज्वरो र टाउको दुख्ने समस्या

Banner

काठमाडौं, मंसिर २०–

बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्। पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगरपालिकाको गुरुङगाउँका ८५ जनाभन्दा बढी बिरामी परेका हुन्। बिहेमा भोज खाएका पाल्पाका ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेका हुन्।

गत शनिबार शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन्। पाल्पाको चिर्तुङधारामा बिरामी परेकाहरुले आइतबार र सोमबार तानसेनस्थित मिसन अस्पतालमा उपचार गराएका छन्।

चिर्तुङधारा घोरबन्दाका बिरामी टेकबहादुर गाहाका अनुसार ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या देखिएको छ। पाल्पामा प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ति आएका थिए।

भोजमा राँगोको मासु, पुलाउ, बटुक, अचार थियो। कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन्। पाल्पामा जन्ती गएका ४८ जनामध्ये ४५ जनाले खाना खाएको र खाना खाएका उनीहरू सबै बिरामी भएका हुन्। उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>