चितवन विशेष

भरतपुरको गुरुकुल कलेजले मनायो रजत महोत्सव

Banner

चितवन, मंसिर १८–

भरतपुरको गुरुकुल कलेज विविध कार्यक्रम गरेर रजत महोत्सव मनाएको छ ।

मंसिर ११ गते देखि १६ गतेसम्म विविध खेलकुद, सामाजिक सेवा र सांस्कृतिक कार्यक्रमहरु गरेर कलेजले रजत महोत्सव मनाएको हो । विसं २०५२ सालमा स्थापित कलेजले स्थापनाको २५ औं वर्ष पार गरिसकेको छ ।

रजत महोत्सवको अवसरमा विद्यालयले अन्तर विद्यालय विज्ञान प्रदर्शनी, ट्राफिक सचेतना गरेको छ । त्यस्तै सोही अवसरमा विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु मूख्य आकर्षणको रुपमा फुट्सल, भलिबल, चेस, गुरुकुल म्याराथन, गुरुकुल मास्टर सेफलगायत कार्यक्रमहरु मंसिर ११ गतेबाट १६ गतेसम्म सञ्चालन गरेको थियो ।

कलेजले मंसिर १३ गते अन्तर टोल विकास संस्था हाजिरीजवाफ, सामाजिक उत्तरदायित्वअन्तर्गत मंसिर १२ गते टोल सरसफाइ, मंसिर १६ गते सानो घर अनाथ आश्रम भरतपुरमा स्टेसनरी वितरण गरेको थियो । त्यस्तै कलेजले मंसिर १६ गते गरेको रक्तदानमा ४५ जनाले रक्तदान गरेका थिए ।


रजत महोत्सवको समापन गर्दै शनिबार गुरुकुल कलेज सञ्चालक समितिका अध्यक्ष केशवीर श्रेष्ठको अध्यक्षामा मूल समारोह कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रमको गरिएको थियो । कार्यक्रममा निवर्तमान उपकुलपति कृषि तथा वन विज्ञान विश्वविद्यालय आईपी ढकाल, बीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा दयाराम पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ, साहित्यकार धनराज गिरी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकाल, प्याब्सन चितवनका अध्यक्ष कृति अर्याल, राष्ट्रिय कलाकार मिलन लामा विशेष अतिथिको रुपमा सहभागी भएका थिए ।
सोही अवसरमा ५ वर्ष वा सो भन्दा धेरै समय कलेजमा सेवा गर्ने पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही अवसरमा गुरुकुल सन्देश रजत महोत्सव विशेषाङ्क विमोचन गर्नुका साथै बोर्ड र वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । रजत महोत्सवकै अवसरमा कलेजमा स्काउट, तेक्वान्दो र खानाको प्रदर्शनी पनि गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>