Breaking News

गठबन्धनलाई भोट नहाली अन्तर्घात गर्नेलाई १५ पुसभित्र कारबाही गर्न कांग्रेसको निर्देशन

Banner

काठमाडौं, मंसिर १८-

नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा गठबन्धनलाई भोट नदिई अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले अन्तरघात गर्नेहरुलाई कारबाही गरेर१५ पुसभित्र नाम पठाउन आग्रह गरेको हो ।

आज आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>