चितवन विशेष
भरतपुर–२८ मा देउँसीभैलोको रकमले शैक्षिक सामग्री वितरण

चितवन, मंसिर १५–
सोच परिर्वतन नेपालले देउँसीभैलो खेलेको रकमबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाले भैलो खेलेर संकलन भएको रकमबाट भरतपुर –२८ मा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजरलगायतका शैक्षिक समग्री वितरण गरेको हो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई संस्थाले शैक्षिक समाग्री वितरण गरेका छ ।
शैक्षिक कार्यक्रम वितरण कार्यक्रममा भरतपुर–२८ का वडा अध्यक्ष डण्डपाणि रिजालले समाज रुपान्तरण गर्न सामाजिक काममा अग्रसर भएकोमा संस्थालाई धन्यवाद दिँदै कामको प्रसंशा गरेका थिए । त्यस्तै स्कुल व्यवस्थापन समितिका अध्यक्ष चुडामणि ढकालले उक्त शैक्षिक सामग्रीले विद्यार्थीको शिक्षामा टेवा पुग्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शिवराज कँडेलले आगामी दिनमा पनि संस्थाले सामाजिक कार्यलाई अग्रता दिने विचार राखे ।