राजनीति
तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैनः माधव नेपाल
०

काठमाडौं,मंसिर १३-
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए । अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल नभएको उल्लेख गरे । आफ्नो पार्टीले निर्वाचनमा थ्रेस होल्ड कटाउनेसमेत अध्यक्ष नेपालले दाबी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>