चितवन विशेष

सप्तगण्डकी क्याम्पसका प्राध्यापक कपिलदेव सुवेदीलाई पीएचडीको उपाधि

Banner

चितवन, मंसिर १२-

सप्तगण्डकी बहुमुखी क्याम्पसको व्यवस्थापन विभागका प्रमुख कपिलदेव सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका २२ वर्षदेखि प्राध्यापन गर्दै आएका सुवेदीले ‘नेपालमा व्यवसायिक लगानी र बित्तीय स्रोत व्यवस्थापन’ विषयमा  पीएचडी गरेका हुन् ।

विसं २०७४ सालबाट पीएचडीमा भर्ना भएका सुवेदीले प्राध्यापक माधवराज कोइरालाको शोध निर्देशनमा पीएचडी पूरा गरेका छन् । रत्ननगर नगरपालिका–१२ टाँडीका सुवेदीले आदर्श मावि गजुरी धादिङबाट एएसएलसी, सहिद स्मृत्ति क्याम्पस टाँडीबाट स्नातक, त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एमफील गरेका थिए ।

उपाधि लिएपछि सुवेदीले पीएचडी गर्नु सामान्य भएको भन्दै जीवनमा एउटा विभुषण थपेर उच्चतम डिग्री प्राप्त गरेको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । उनले भने, ‘ भविष्यमा पनि म निरन्तर अनुसन्धान र प्राध्यापनमा सक्रिय रहिरहने छु ।’

सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले सुवेदीको उपाधिप्रति खुसी व्यक्त गर्दै उहाँ क्याम्पसको र समग्र चितवन जिल्लाकै प्राज्ञिक उन्ननयनमा खम्बा रहेको बताए । उनले भने, ‘ विश्वविद्यालय अनुदान आयोगका सम्पूर्ण परियोजनाहरु सञ्चालन गर्नमा उहाँको महत्वपूर्ण भूमिका छ । हरेक शैक्षिक योजनाहरु निर्माण गर्न र परियोजनाका प्रस्तावनाहरु लेख्नमा उहाँले सक्रियतापूर्वक काम गरिरहनु भएको छ ।’ सुवेदी क्याम्पसको अनुसन्धान सेलको संयोजक पनि हुन् । चितवनको प्रतिनिधित्व गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरुमा सहभागी भइसकेका सुवेदीको विभिन्न जर्नलमा दुई दर्जन बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>