समाचार

चुनाव जितेका सुनिल शर्माले सुरू गरे निःशुल्क उपचारका लागि ५० शय्याको क्याबिन

Banner

मोरङ मंसिर ११-

मोरङ ३ मा नेपाली कांग्रेसका डा. सुनिल शर्माले जितलगत्तै मतदातामाझ गरेको वाचा पूरा गर्दै एक्सनमा उत्रिएका छन् ।
निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।

निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए ।

शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम ढकालले २५ हजार ८९५ मत प्राप्त गरे ।शनिवार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।

सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पूरा गर्ने गरी काम सुरु भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>