राजनीति
गणनामा खटिएका कर्मचारी एमालेसँग मिलेको भन्दै सुनसरीमा विवाद, पुनः मतगणना गर्न सञ्चारमन्त्री कार्कीको माग
०

विराटनगर, मंसिर ११-
सुनसरी ४ मा हिजो साँझबाट स्थागित भएको मतगणना सुचारू हुन सकेको छैन । सत्ता गठबन्धनका प्रतिनिधिहरूले पुनः मतगणना गर्नुपर्ने माग राखेपछि बिहान बसेको बैठकमा पनि विनानिष्कर्ष विना टुंगिएकोे हो ।
धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । एमाले उम्मेदवार जगदिशप्रसाद कुशियैतसँग कार्कीको तीब्र प्रतिस्पर्धा छ । आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् । कार्कीको २३४३९ मत छ भने कुशियैतको २३३४१ छ ।
त्यस्तै गणनामा खटिएका कर्मचारीले घोषणाको क्रममा परिणामभन्दा एमालेको ६०६ मत बढी सुनाएपछि एमालेसँग मिलेमतोमा कर्मचारीले धाँधली गरेको कांग्रेसको आरोप छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>