अन्तर्राष्ट्रिय
चीनमा लकडाउन विरुद्ध विरोध प्रदर्शन, लकडाउन हटाउन प्रदर्शनकारीको माग
०

चीन, मंसिर ११-
चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन सुरु भएको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि विरोध प्रदर्शन सुरु भएको हो ।
विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।
चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>