चितवन विशेष

डा. अधिकारीले विक्रम पाण्डेलाई भनेः जनताको मत पाउनुभयो, अब विकासलाई यथार्थमा परिणत गर्नुहोस्

Banner

चितवन, मंसिर १०–

प्रतिनिधिसभा सदस्य चितवन ३ मा निर्वाचित विक्रम पाण्डेलाई चुनावी प्रतिस्पर्धी माओवादी उम्मेदवार डा. भोजराज अधिकारीले बधाई दिएका छन् ।
राप्रपाका उपाध्यक्ष पाण्डेलाई रामपुर कृषि क्याम्पस स्थित मतगणना स्थलमा पुग डा. अधिकारीले बधाई दिएका हुन् ।

सोही अवसरमा उनले प्रदेश सभा सदस्य चितवन ३(१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३(२) बाट निर्वाचित माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाललाई समेत बधाई एवं शुभकामना दिएका छन् । यसैक्रममा डा. भोजराजले जनताको अभिमतलाई कार्यक्षेत्रमा सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिए । ‘जनताको विजयी मत पाउनुभयो’ उनले भने, ‘अब विकासलाई यथार्थमा परिणत गर्ने समय आएको छ ।’

शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>