Breaking News
खसेको मतभन्दा धेरै गणना भएका भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग
०

काठमाडौँ, मंसिर १०
पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताएका हुन् ।
‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’
पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । अहिले दुई बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>