देश/प्रदेश
निर्वाचन जितेपछि प्रतिस्पर्धी शंकरको घरमै पुगेर रेखाले गरिन राजनीति यात्राको सुरुवात
०

दाङ, मंसिर १०
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई घरमै गएर भेटेकी छिन् । उनी निर्वाचित भए लगत्तै घोराहीबाट २५ किलोमिटर टाढाको तुलसीपुर उपमहानगरपालिका-१९ हाडिमे गाउँस्थित पोखरेल निवासमा शुक्रबार बेलुकी पुगेकी हुन् ।
रेखाले आफ्नो पहिलो राजनीतिक भेट प्रमुख प्रतिस्पर्धीसँग भेटेर सुरू गरेकी हुन्। त्यस्तै भेटमा पोखरेलले उनलाई अबिर र खादा लगाएर बधाइ दिएका थिए । तस्बिर स्रोत: कुलदीप न्यौपाने
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>