अन्तर्राष्ट्रिय

चुनावको दौडमा फर्किएका र्‍याप गायक कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिमा लड्ने

Banner

अमेरिका, मंसिर ९-

अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । उनले सन् २०२४ मा राष्ट्रपति चुनाव लड्ने भएका छन् ।

संगीतसम्बन्ध विश्वचर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्वीटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू यसतर्फ अघि बढिरहेको उल्लेख गरेका छन् ।

उक्त चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा होस् भन्ने चाहना पनि उनले राखेका छन् । ट्रम्पले हालै सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>