Breaking News

प्रतिनिधि सभा समानुपातिक : एमाले १० लाख मत नजिक, स्वतन्त्र पार्टी तेस्रोमा कायमै

Banner

चितवन, मंसिर ९–

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना भइरहँदा नेकपा एमाले पहिलो शक्तिका रुपमा देखिएको छ । मतगणना सुरु भएदेखि नै एमाले लगातार पहिलो स्थानमा रहँदै आएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेले नौ लाख ७८ हजार ५८३ मतका साथ अग्रस्थानमा छ भने नेपाली कांग्रेस नौ लाख ३३ हजार ६४१ मतका साथ दोस्रो स्थानमा छ । समानुपातिकमा कांग्रेसले भन्दा एमालेले ४४ हजार ९४२ मत बढी ल्याएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी कायम देखिन्छ । हालसम्म स्वतन्त्र पार्टीले चार लाख ६९ हजार १०५ समानुपातिक मत प्राप्त गरेको छ भने चौँथो स्थानमा देखिएको माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले चार लाख २८ हजार ३०४ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५१ हजार १५ मत ल्याएको छ भने सत्ता गठबन्धनको दल नेकपा एकिकृत समाजवादीले ६८ हजार ३७ मत ल्याएर ९औँ स्थानमा अड्किएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>