राजनीति

निर्वाचन परिणाम आइनसक्दै ओली-प्रचण्ड वार्ता

Banner

काठमाडौं,मंसिर ८-

मंसिर ४ को आमनिर्वाचनको परिणाम आइनसक्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संवाद सुरु भएको छ। तत्कालीन नेकपा खारेज भएर तिक्तापूर्ण सम्बन्ध रहेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका हुन्।

झण्डै आधा घण्टा नै भएको उक्त फोन संवादका क्रममा ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्। स्रोतका अनुसार उक्त फोन संवादका क्रममा ओलीले यो निर्वाचनको परिणाम चिन्ता गर्ने किसिमको आएको बताउँदै यसले देशमा अस्थिरता ल्याउन सक्ने उल्लेख गरेका थिए।

प्रचण्डका प्रेस संयोजक सू्र्य किरणले दुई नेताबीच फोन संवाद भएको बताउँदै त्यसक्रममा बधाई साटासाट भएको उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>