Breaking News

देवी ज्ञवालीको मुख्यमन्त्री बन्ने सपनामा चितवनमै लाग्यो ब्रेक

Banner

चितवन, मंसिर ८

नेकपा एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली चितवन–२ ‘ख’ बाट प्रदेश सभामा पराजित भएसँगै उहाँको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य रहनुभएका ज्ञवाली पार्टीमा सबैभन्दा उच्चस्तरको नेता रहेकोले एमालेले बाग्मती प्रदेशमा मुख्यमन्त्रीको मुख्य दाबेदारको रुपमा प्रस्तुत गरेको थियो । ज्ञवालीले अन्तरवार्ता र चुनावी सभाहरुमा पनि सम्भावित मुख्यमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको थियो । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशीले १३ हजार ३०६ मत ल्याउँदा ज्ञवालीलाई पराजित गर्नुभएको छ । ज्ञवालीले १२ हजार ७४४ मत ल्याउनुभएको छ ।

यसअघि विसं २०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचन जितेर पनि मतगणनामा मतपत्र च्यातिएपछि ज्ञवाली वडा नम्बर १९ मा भएको पुननिर्वाचनमा पराजित हुनुभएको थियो ।   एमाले र माओवादी पार्टी एकता भएपछि भने प्रचण्डको प्रशंसामा अधिकांश समय खर्च गरेको भन्दै उहाँप्रति कतिपय कार्यकर्ताहरु रुष्ट देखिन्थे । एकातिर पाँच दलीय गठबन्धन र अर्काेतिर उहाँका प्रतिस्पर्धी उत्तम जोशी कांग्रेसमा र्निविवादित युवा उम्मेदवार भएकोले पनि ज्ञवालीलाई चुनाव जित्न कठिन भएको विश्लेषकहरुको अनुमान छ । ज्ञवालीले कांग्रेसको असन्तुष्ट मत पाउने अपेक्षा गरिए पनि पर्याप्त पाउन सक्नुभएन । ज्ञवाली एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा सक्रिय रहेकोले पनि पार्टीका आन्तरिक असन्तुष्टिका कारण पार्टीभित्रबाट अपेक्षित मत पाउन सक्नुभएन । राष्ट्रिय भूमि आयोगको संयोजक रहँदा ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रका सुकुमबासीलाई लालपुर्जा बाड्न नसकेको आरोप खेपिरहनु भएको छ । उहाँले सबै तयारी गरेर यसको जस पछि गठबन्धनले लिएकोले पनि एमालेको राम्रो जनमत हुँदाहुँदै ज्ञवालीले निर्वाचन हारेको पार्टीका नेता तथा कार्यकर्ताहरुको विश्लेषण छ ।

एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनमा देशभरका एमालेका प्रतिनिधिबाट सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि देशभर नै ज्ञवालीको चर्चा झनै चुलिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>