Breaking News

को हुन् चितवनमा विक्रम पाण्डेलाई टक्कर दिने जिता बराल ?

Banner

चितवन, मंसिर ६

प्रतिनिधि सभातर्फ चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बरालले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेलाई पछ्याइ रहनु भएको छ ।

चितवन–३ बाट पटपटक निर्वाचन जित्दै मन्त्री बन्नु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष पाण्डेलाई प्रत्यक्ष चुनाव लडेर मतगणनामा टक्कर दिएसँगै बरालको लोकप्रियता बढ्दै गएको हो ।

जारी मतगणनामा पाण्डेले पाँच हजार ७२५ मत ल्याउँदा, बरालले चार हजार ४२४ मत ल्याउनु भएको छ । त्यसैगरी माओवादी केन्द्रका डा भोजराज अधिकारीले चार हजार २९० मत ल्याउनु भएको छ भने स्वतन्त्रबाट उठ्नु भएका दिनेश कोइरालाले तीन हजार ४७२ मत ल्याउनुभएको छ । चितवन जिल्लामा प्रत्यक्षमा महिला उम्मेदवारको संख्या कम भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँले पुरुष उम्मेदवारहरुलाई पछाडि पार्दे अगाडि बढ्नु भएको छ ।

बरालले पाएको प्रारम्भिक मत परिणामलाई आधार मान्दै राजनीतिकर्मीहरु स्वतन्त्र पार्टीको देशव्यापी लहर र स्वयं बरालको व्यक्तित्वका कारण राम्रो मत आएको बताउँछन् । भरतपुर–५ कैलाशनगरकी नर्सिङ पेसामा आवद्ध बराल विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहनुहुन्थ्यो । भ्रष्टचार विरोधी ज्ञानेन्द्र शाहीहरुको अभियानमा सक्रिय रहनुभएकी बराल स्थानीय निर्वाचनमा भूँइकटर अभियानमा सक्रिय रहनुभयो । राजनीतिक विकृति र विसंगतिको विरुद्ध प्रखर भाषणकला हुनुभएकी उहाँ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहेर चितवन–३ बाट प्रतिनिधिसभामा उठ्नुभएको हो ।

उहाँलाई नजिकबाट चिन्ने महिला अधिकारकर्मी मिना खरेलले सानै देखि क्रान्तिकारी स्वभावको महिला भएकोले निर्वाचनमा राम्रो मत ल्याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ राजनीतिक विकृति र बिसंगतिको विरुद्ध खरो अभिव्यक्ति दिने जिता बरालको व्यक्तित्वले पनि मत प्राप्त गर्न सफल हुनु भएको छ । उहाँ लामोसमय देखि चितवनमा नै रहेर विकृति र भ्रष्टचारविरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ । अर्काेतिर देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेजले पनि उहाँको मत राम्रो आएको छ ।’ उहाँले मतदाताले गठबन्धनलाई नरुचाएकोले पनि त्यसको फाइदा घण्टी चिन्हलाई भएको बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>