अपराध

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

Banner

काठमाडौं, कात्तिक ३०-

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल बिक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन् ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा।३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ५० ग्राम खैरो हेरोइनसहित भारत बहराईच बाबागन्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट ६४ मिलिग्राम ब्राउनसुगरसहित भीमदत्त नगरपालिका–६ बस्ने २२ वर्षीय मोहित प्रहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाइन्टको इजारमा लुकाई राखेको उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>